+
+
Shares

मतदानकै दिन रौतहट-२ का नेकपा उम्मेदवारले पार्टी छाडे

बुथ कब्जा हुँदा पनि प्रचण्ड-माधवमा संरक्षण नपाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:२४

२१ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका किरण साहले मतदानकै पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लाइभ वक्तव्य दिएर साहले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

आफ्नो क्षेत्रमा विपक्षी नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गरेको दाबी गर्दै साहले सो कुरा पार्टीको शीर्ष नेतृत्वलाई जानकारी गराउँदा पनि सुरक्षा नपाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

उनले बौदामाई नगरपालिका र राजपुर नगरपालिकाका केही वडामा बुथ कब्जा भएको दाबी गरेका छन् । सँगै उनले ती बुथमा रहेका आफ्ना प्रतिनिधिलाई बुथबाट फर्किन पनि आग्रह गरेका छन् ।

‘मैले चुनाव जित्ने अवस्था भएर पनि प्रहरी प्रशासनको मौन धाँधली भयो । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शान्ति सुरक्षा दिन सक्नुभएन,’ साहले भनेका छन्, ‘त्यसैले अब मै नेकपा परित्याग गरेको छु ।’

बुथ कब्जा भएका मतदान केन्द्रको मतदान स्थगित गरेर फेरि मतदानको व्यवस्था नमिलाए मतगणनामा पनि सहभागी नहुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?