News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा १२ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।
- थुदाम मतदान केन्द्रमा ४ महिला र ९ पुरुषले मतदान गरेका थिए र यातायात तथा सञ्चार अझै पुग्न सकेको छैन।
- सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख १९ हजार ६ सय ३० मतदाता छन् र थुदाममा २८ महिला र ३५ पुरुष मतदाता रहेका छन्।
२१ फागुन, संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको थुदाममा १२ मत मात्र खसेको छ ।
जिल्लाको भोटखोला स्थित थुदाम मतदान केन्द्रमा सबै भन्दा कम ६३ मतदाता रहेको छन् । दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाममा १२ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दूधपोखरी आधारभूत विद्यालय थुदाममा ४ महिला र ९ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । थुदाम मतदान स्थलमा २८ महिला र ३५ पुरुष मतदाता छन् ।
थुदाम मतदान स्थलमा २०७९ सालको निर्वाचनमा २० मत खसेको थियो । भोटखोला गाउँपालिकामा ११ वटा मतदान स्थल र ५ हजार ६ सय २७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4