२१ फागुन, काठमाडौं । काठमाडौं-२ मा पनि आजै रातिदेखि मतगणना सुरु हुने भएको छ । हाल मतपेटिका संकलनको काम जारी रहे पनि संकलन सकिएपछि आजै रातिदेखि मतगणना सुरु हुने भएको हो ।
निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार मतपेटिका संकलन सक्नासाथ सर्वदलीय बैठक बसेर आज रातिदेखि गणना थाल्ने तयारी छ ।
‘हाम्रो अलि टाढा-टाढा ठाउँबाट ल्याउनुपर्ने भएकाले ढिलो भएको हो,’ न्यौपानेले अनलाइनखबरसँग भनिन्, ‘अब सबै सकिएपछि सर्वदलीय बैठक बसेर आजै रातिदेखि मतगणना गर्ने भएको हो ।’
उनका अनुसार मतगणना थलीसिटी नगरपालिकाको भवनमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4