५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा सुनील केसीलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा रास्वपा नेता सोबिता गौतम निर्वाचित भएकी थिइन् । गौतमलाई भने पार्टीले चितवन क्षेत्र नम्बर ३ बाट उठाउने भएको छ ।
यसैबीच काठमाडौं–२ मा केसीलाई टिकट दिइएको रास्वपाका एक नेताले जानकारी दिए ।
केसी यही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) बाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए । उनी त्यतिबेला राप्रपाबाट निर्वाचन लडेका थिए ।
यसपटक उनी राप्रपा छाडेर रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4