+
+
Shares

चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:०१

२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ ।

भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्वाचनमा चितवन-१ मा  ९६ हजार १ सय ५४ मतदान भएको छ ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।

यो निर्वाचन क्षेत्रमा चितवनका तीन पालिकाहरू राप्ती, खैरहनी र रत्ननगर पर्दछन् । २०७९ मा भएको निर्वाचनमा चितवन-१ बाट रास्वपाका हरि ढकाल विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?