+
+
Shares

चितवन-३ को मतगणना राति साढे १ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:२२

२२, फागुन, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज राति साढे १ बजेदेखि हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले आजै राति साढे १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अडिटोरियम हलमा क्षेत्र नं. ३ को मतगणना गर्ने तयारी गरिएको छ ।

बिहीबार भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा १ लाख ५३ मत खसेको थियो ।

माडी नगरपालिकाका ९ वडा र भरतपुर महानगरपालिकाका १९ वटा वडा यो क्षेत्रमा पर्दछन् ।

भरतपुर महानगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सोविता गौत्तमको उम्मेदवारीका कारणले यो क्षेत्र चर्चामा छ ।

यहाँबाट नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार छन् ।

२०७९ सालमा भएको निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । यसपटक पाण्डेले निर्वाचन लडेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?