+
+
Shares

चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे उम्मेदवार नबन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:५०

६, माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट नउठ्ने भएका छन् ।

उनको स्थानमा राप्रपाका महानगर अध्यक्ष दिपक थापालाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।

चितवन– ३ बाट लगातार जस्तो उम्मेदवार बन्दै आएका पाण्डे यही क्षेत्रका निवर्तमान सांसद हुन् ।

पाण्डेले चितवन– ३ लाई आफ्नो आधार क्षेत्र बनाउँदै आएका थिए । यसपटक सो क्षेत्रमा नेकपाबाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, एमालेबाट शंकर थपलिया लगायतका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?