२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
माडी नगरपालिका वडा नम्बर ९, ६ र ५ बाट चितवन ३ को मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल, नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार छन् ।
बिहीबार भएको निर्वाचनमा चितवन क्षेत्र नं। ३ मा १ लाख ५३ मत खसेको थियो ।
माडी नगरपालिकाका ९ वडा र भरतपुर महानगरपालिकाका १९ वटा वडा यो क्षेत्रमा पर्दछन् ।
भरतपुर महानगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सोविता गौतमको उम्मेदवारीका कारणले यो क्षेत्र चर्चामा छ ।
२०७९ सालमा भएको निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । यसपटक पाण्डेले निर्वाचन लडेनन् ।
प्रतिक्रिया 4