+
+
Shares

सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १४:०१

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।

रास्वपा उम्मेदवार सोविता गौतमलाई फेसबुकमार्फत् बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’

रेनुले भरतपुर महानगरपालिकाको मेयरको पाँच वर्षे कार्यकाल बाँकी छँदै राजीनामा दिएर निर्वाचनमा होमिएकी थिइन् । उनले चितवनवासीको मत खेर जान नदिने बताएकी छन् ।

‘आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप विकास र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ रेनुले फेसबुकमा लेखेकी छन्, ‘यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति म ऋणी छु । तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन ।’

एनले चितवनवासीको हक हित, विकास र समृद्धिका लागि निरन्तर साथमा हुने उनले बताएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?