News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीले ५ हजार ७६७ मतसहित अग्रता बनाएका छन्।
- नेपाली कांग्रेसका डा. मिनेन्द्र प्रसाद रिजाल १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन्।
- एमालेका दिलीपकुमार अग्रवाल १ हजार ९८० मतसहित दोस्रो स्थानमा छन्।
२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर- २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् ।
मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् । कार्कीले ५ हजार ७६७ मत प्राप्त गर्दा दोस्रो स्थानमा पछ्याइरहेका एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले १ हजार ९८० मत पाएका छन् ।
नेपाली कांग्रेस नेता रिजाल भने १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टीका ७० वर्षीय उम्मेदवार चन्द्र वीर राईले ३०२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित रिजाललाई यसपटकको निर्वाचनमा नयाँ शक्ति भारी देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4