२२ फागुन, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अग्रता लिएका हुन् । यसअघि यहाँ नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले अग्रता लिएका थिए ।
अहिले तामाङलाई पछि पार्दै दुलालले अग्रता लिएका हुन् । तामाङले भने २ हजार १ सय ११ मत प्राप्त गरेका छन् ।
उनीहरूबीच १६५ मतको अन्तर छ । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १ हजार ३७९ मत प्राप्त गरेका छन् ।
यहाँ रास्वपाका उम्मेदवार झलककुमार श्रेष्ठले १ हजार ७१ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4