News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ५११९ मत पाएका छन् र नेकपाका माधव सापकोटाभन्दा ५३८ मतले अगाडि छन्।
२३ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा दुवै क्षेत्रमा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली अग्रस्थानमा छन् ।
उनले हालसम्म ५११९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपामा माधव सापकोटाले ४५८१ मत प्राप्त गरेका छन् । पराजुली सापकोटाभन्दा ५३८ मतले अगाडि छन्।
मतगणनाको सुरुवातमा भोटेकोशी गाउँपालिकाको मत गणना सकिँदा सापकोटा १६८१ मतले पछाडि थिए । तर जुगल गाउँपालिका सकिएर लिसंखुपाखरका तीन वटा वडा गणना हुँदासम्म मतान्तर घट्दै ५३८ मा झरेको हो ।
त्यसैगरी एमालेका सरेश नेपालले ३०६६ मत र कांग्रेसकाजंगबहादुर लामाले २८६३ मत प्राप्त गरेका छन् ।
यता सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपामा उम्मेदवार युवराज दुलाल अग्रस्थानमा छन् । उनले ३३९८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वंशलाल तामाङले २६९३ मत प्राप्त गरेका छन् । दुलाल तामाङभन्दा ७०५ मतले अगाडि छन् ।
यस क्षेत्रमा १० हजार ९७८ सदर मतमध्ये हालसम्म १० हजार ३४० मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4