२३ फागुन, सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. बाबी सिंहले १० हजार २ सय ८० र नेपाली कम्युनिस्ट पार्टीका रुवी कुमारी कर्णले १ हजार ७०९ मत पाए ।
सप्तरी क्षेत्र नम्बर–४ का मुख्य निर्वाचन अधिकृत विष्णु आचार्यका अनुसार सिताराम र तेजुलाल बाहेक अन्य उम्मेदवारहरूको जमानत जफत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4