+
+
Shares

सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की विजयी

अमलेश शर्मा अमलेश शर्मा
२०८२ फागुन २३ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नीतिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
  • भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झण्डै ३६ हजार मतले पराजित गरेकी छन्।
  • निर्वाचन आयोगका अनुसार नेकपा एमालेका मनोज कुमार देवकोटा ६ हजार १०१ र नेकपाका प्रमोद साह ५ हजार ४९४ मतसहित चौथो स्थानमा रहेका छन्।

२३ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ नीतिमा भण्डारी कार्की विजयी भएकी छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार सर्लाही–१ मा नेकपा एमालेका मनोज कुमार देवकोटाले ६ हजार १०१ मत पाएका छन् ।

यस्तै चौथो भएका नेकपाका उम्मेदवार प्रमोद साहको पक्षमा ५ हजार ४९४ मत आएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए । तर यसपटक पनि उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?