+
+
Shares

कञ्चनपुर-२ बाट रास्वपाका दिपकराज बोहरा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १७:५९

२३ फागुन, काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी साउदले १० हजार ८२७ मत पाएका छन् ।

कञ्चनपुर–२ मा नेकपा एमालेका उम्मेदवार वचनबहादुर सिंह छ हजार ४१८ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्त छ हजार ३३७ मतसहित चौथो भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तिर्थराज चटौतले एक हजार ९९३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टी, नेपालकी प्रेमवती रानाको ५६० मत आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?