२४ फागुन, काठमाडौं । धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो निर्वाचित भएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतोले ४८ हजार २७० मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत ल्याएका छन् ।
१ लाख २७ हजार ७७८ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार ९६७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4