+
+
Shares

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले बैतडीको एकमात्र निर्वाचन क्षेत्रमा ३ हजार ९४० मतान्तरले विजयी भएका छन्।
  • भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाएका छन्।
  • नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ र नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

२४ फागुन, बैतडी ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए ।

राप्रपाका भुपेन चन्दले २६८१ मत ल्याए । अन्य उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको थियो ।

१ लाख ५६ हजार ३७२ मतदाता रहेकोमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए । यसअघि लगातार तीन पटक जीत हासिल गरेका एमालेका दामोदर भण्डारीको परिणाममा ब्रेक लागेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?