News Summary
Generated by OK AI. Editorially reviewed.- डान्स रियालिटी शो 'नेसन्स गट ट्यालेन्ट' सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन्।
- उदिप्तीले विजयी भएबापत नगद १ लाख रुपैयाँ प्राप्त गरिन्।
- आयोजक एएनपी मिडिया हाउसले बैशाखदेखि स्थानीय स्तरबाट 'नेसन्स् गट ट्यालेन्ट' को अडिसन गर्ने जानकारी दिएको छ।
काठमाडौं । डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्ट’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् । विजयी भएबापत उनले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् ।
म्याग्दीकी सुप्रिया थापा प्रथम उपविजेता घोषित भइन् । उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरिन् । सोलुखुम्बुकी पासाङल्हामु शेर्पा द्धितीय उपविजेता बनिन् । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरिन् ।
कालिकोटकी स्प्रिका शाही तेस्रो, भक्तपुरकी जलादी खड्का चौंथो र महोत्तरीकी श्रृयाना घिसिङ पाँचौ उपविजेता भए । उनीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजारको शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । यो कार्यक्रम स्पेस फोरके टिभीबाट प्रसारण हुँदै आएको थियो ।
आयोजक एएनपी मिडिया हाउसकी प्रशासन प्रमुख अनिता तामाङले बैशाखदेखि नृत्यका साथै गायन रियालीटी शो ‘नेसन्स् गट ट्यालेन्ट’ का लागि स्थानीय स्तरबाट अडिसन गरिने जानकारी दिइन् ।
प्रतिक्रिया 4