+
+
Shares

ललितपुरबाट चितुवाको उद्धार   

चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १३:२०

२६ फागुन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ ।

सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो ।

अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।

चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ ।

त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो । चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?