News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र रास्वपाले प्रतिनिधिसभा निर्वाचन २०८२ मा १२५ सिट जितेर पुराना दलहरूलाई ठूलो धक्का दिएको छ।
- रास्वपाका ६७ उम्मेदवारले २० देखि ५० हजार मतान्तरसहित चुनाव जितेका छन्।
- रुपन्देही-३ का डा. लेखजंग थापाको ५० हजार ३७९ मतान्तर उल्लेखनीय छ।
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ ।
देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्।
परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
५० हजार बढी अन्तरमा हराउने लेखजंग एक्ला
५० हजार मतको अन्तरमा विजयी हुने उम्मेदवार हुन् रुपन्देही-३ का डा. लेखजंग थापा । उनले कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ को मतअन्तरमा हराए । थापाले ५८ हजार ८ सय १४ मत ल्याउँदा कांग्रेसका गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।
४०-५० को मतान्तरमा जित्ने बालेनदेखि रुबिनासम्म
यो निर्वाचनमा ४० देखि ५० हजारबीचको मतान्तरमा चुनाव जित्नेमा झापा-५ मा बालेन शाह देखि मोरङ ६ कि रुबिना आचार्यसम्म छिन् । एमालेको किल्ला भत्काउँदै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका बालेन शाहले ओली भन्दा ४९,६१४ मत बढी ल्याएर चुनाव जिते । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओलीको जम्मा १८ हजार ७ सय ३४ मत ल्याए । जबकी यो क्षेत्रमा ओलीले विगतमा ६ वटा निर्वाचन जितिसकेका छन् ।
त्यसैगरी, झापा-४ मा पूर्वउपसभामुख समेत रहेकी रास्वपाकी इन्दिरा राना मगरले ४८,७४२ मतको अन्तरमा पूर्वसभामुख देवराज घिमिरेलाई हराइन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याउँदा घिमिरेको ११३६८ मत मात्र आयो । चितवन-१ मा हरि ढकालले ४५,१७५ मतान्तरमा कांग्रेसका राजेन्द्रकुमार बुर्लाकोटीलाई हराए ।
४० हजारभन्दा बढी मतान्तर ल्याउने अन्य रास्वपा उम्मेदवारहरूमा रूपन्देही-२ का सुलभ खरेल पनि छन् । उनले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३,६८९ मतको अन्तरमा हराए । रुपन्देही-१ का सुनिल लम्साले ४२,८६३ मत अन्तरमा कांग्रेसका हिराबहादुर खत्रीलाई हराए । मोरङ-६ की रुविना आचार्यले ४२,६६३ मतको अन्तरमा कांग्रेस नेता शेखर कोइरालालाई हराइन् । सुनसरी-२ का लालविक्रम थापाले ४१,२७७ मत अन्तरमा कांग्रेसका राजीव कोइरालालाई हराए ।

३० देखि ४० हजार मतान्तरमा जित्ने २ दर्जन
३० देखि ४० हजार मतान्तरमा जित्नेमा रास्वपा सभापति रवि लामछानेदेखि सोबिता गौतमसम्म छन् । चितवन-२ मा लामिछानेले ३९,८३८ मतान्तरमा कांग्रेसकी मीना खरेललाई हराए । चितवन तीनमा रास्वपाकी सोविता गौतमले ३८,६६२ मतको अन्तरमा नेकपाकी रेणु दाहाललाई हराए । गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदा भरतपुरकी निवर्तमान मेयर समेत रहेकी दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । सर्लाही-१ बाट नीतिमा भण्डारी (काकी) ले ३६,३१० र ललितपुर-३ बाट डा. तोसीमा कार्कीले ३४,०५१ को फराकिलो मतान्तर कायम गरे ।
नवलपरासी १ मा विक्रम खनालले ३५ हजार ७ सय ३९ मतको अन्तरमा कांग्रेस उम्मेदवार धनाढ्य व्यापारी विनोद चौधरीलाई हराए ।
ललितपुर-२ मा रास्वपाका जगदीश खरेलले कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराए काभ्रे-२ मा बदनकुमार भण्डारी, झापा-१ मा निशा डाँगी, बर्दिया-१ मा ठाकुर सिंह थारु लगायत करिब २ दर्जन उम्मेदवारले ३० हजारभन्दा बढी मतको अन्तरले आफ्ना प्रतिस्पर्धीलाई हराए ।

२०-३० हजारको अन्तरमा हारजित हुने धेरै
२० हजारदेखि ३० हजारसम्मको मतान्तरले जित्ने रास्वपा उम्मेदवारहरूको सूची झन् लामो छ ।काठमाडौं-९ मा डोलप्रसाद अर्याल २९ हजार ६ सय ३३ काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ २१ हजार ३ सय ७५, काठमाडौं-६ मा शिशिर खनाल २१,०६० मतान्तरले जितेका छन् । उनीहरू तीनैजना यसअघिको संसद्मा रास्वपाका सांसद थिए ।
काठमाडौं-४ विगतमा कांग्रेस सभापति गगनकुमार थापाले जित्दै आएको क्षेत्र हो । यो क्षेत्रमा यसपटक विगतमा गगनले तीनपटक जितेको इतिहास कामय रहेन ।
रास्वपाका पुकार बमले कांग्रेसका सचिन तिमिल्सिनालाई २० हजार ३ सय १८ मतान्तर हराए । स्वर्णिम वाग्लेले तनहुँ-१ मा २१ हजार ८०९ को मतान्तरसहित आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरे ।
कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, प्रदीप पौडेल, सहमहामन्त्री फर्मुल्लाह मन्सुर कांग्रेसका पूर्व उपभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू ठूलो मार्जिनमा हारेका छन् । झापा-३ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि ठूलो मतान्तरमा हारेका छन् ।

मधेश पहाड सबै तिर उस्तै
पहाडी र सहरी क्षेत्रमा मात्र नभई तराई-मधेसका सर्लाही, धनुषा, बारा र सप्तरीमा पनि रास्वपाले २० हजारको मार्जिन कायम राख्दै जित निकालेको छ। सर्लाहीमा नारायणकाजी श्रेष्ठ र महोत्तरीमा गिरिराजमणि पोखरेल जस्ता नेकपाका प्रभावशाली नेताहरू रास्वपाका उम्मेदवारसँग फराकिलो अन्तरले पराजित भएका छन् । सर्लाही-३ मा नेकपाका श्रेष्ठलाई रास्वपाका नरेन्द्र कलवारले ३३ हजार ५ सय ५२ मतको अन्तरमा हराए । महोत्तरी-१ मा २२ हजार १२ मतको अन्तरमा प्रमोदकुमार महतोले नेकपाका गिरिराजमणि पोखरेललाई हराए ।
शरतसिंह भण्डारी जस्ता पुराना खेलाडीहरू रास्वपाका युवा उम्मेदवारसँग निरीह देखिए। महोत्तरी- २ मा रास्वपाका दीपककुमार साहले भण्डारीलाई २१ हजार ९ सय ७७ मतको अन्तरमा हराए ।
मुलुकभर फैलिएको यो लहरले पुराना दलहरूको संगठनात्मक संरचना र चुनावी रणनीतिलाई पूर्णतः असफल सावित गरिदिएको छ । पुराना दलहरू निकै अलोकप्रिय बनेको तथ्य देखिएको छ ।
प्रतिक्रिया 4