+
+
Shares

दुई कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति दिएको छ।
  • सानीगाड हाइड्रोपावरले ८५ लाख ५० हजार कित्ता सेयर १ सय अंकित मूल्यमा निष्कासन गर्नेछ।
  • कालंगा हाइड्रोपावरले ४९ लाख कित्ता सेयर १ सय अंकित मूल्यमा ३५ प्रतिशत सर्वसाधारणमा निष्कासन गर्नेछ।

२६ फागुन, काठमाडौं । दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएका कम्पनीमा सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी छन् ।

सानीगाड हाइड्रोपावरले अंकित मूल्य १ सयका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

त्यस्तै कालंगा हाइड्रोपावरले ४९ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । यस कम्पनीले ३५ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।

दुवै कम्पनीले विवरणपत्र निष्कासन गरेर कम्पनी तथा आयोजनाबारे विस्तृत जानकारी उपलब्ध गराउने छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?