News Summary
Generated by OK AI. Editorially reviewed.- एलजी इलेक्ट्रनिक्सले सीजी इलेक्ट्रोनिक्ससँग सहकार्यमा निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।
- ग्राहकले प्रशिक्षित प्राविधिकद्वारा एसी निरीक्षण र मर्मत निःशुल्क गराउन सक्नेछन्।
- सेवा शिविरमा स्पेयर पाट्र्समा ५० प्रतिशत छुट, नयाँ एसीमा २० प्रतिशत छुट र ४ हजार रुपैयाँ निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।
२७ फागुन, काठमाडौं । एलजी इलेक्ट्रनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्कविना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । ‘यसले राम्रो कूलिङ कार्यक्षमता, सुधारिएको ऊर्जा दक्षता तथा उत्पादनको लामो आयु सुनिश्चित गर्न मद्दत गर्नेछ’ एलजीले एक विज्ञप्तिमा भनेको छ ।
यस सेवा शिविरमा ग्राहकका लागि थप विभिन्न लाभ पनि उपलब्ध हुने छन् । ग्राहकले स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिद गर्दा २० प्रतिशत विशेष छुट, साथै ४ हजार रुपैयाँ बराबरको निःशुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आफ्नो पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने ग्राहकले एसी एक्स्चेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।
‘सेवा शिविरमा सहभागी हुने ग्राहकले ३ हजार रुपैयाँ बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ‘जुन छ महिनासम्म मान्य हुनेछ, यसले प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मत सम्भार सहयोग सुनिश्चित गर्नेछ ।’
अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन एलजी र सीजी इलेक्ट्रोनिक्सले सीजीएक्स इलेक्समार्फत सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेका छन्, जसले ग्राहकको भुक्तानीलाई सहज बनाउँछ ।
निःशुल्क एसी सेवा शिविरको सुविधा लिन इच्छुक ग्राहकले सीजी केयर आधिकारिक क्युआर कोड स्क्यान गर्न सक्नेछन् ।
प्रतिक्रिया 4