+
+
Shares

रेमिट्यान्स बढ्यो ४० प्रतिशत, माघमै २ खर्ब 

पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
  • माघसम्म कुल रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको तुलनामा ३९.८ प्रतिशत बढी हो।
  • वैदेशिक रोजगारीका लागि माघसम्म २ लाख ४५ हजार १ सय ५३ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन्।

२७ फागुन, काठमाडौं । चालु आर्थिक वष सातौं महिनामा पनि रेमिट्यान्स आप्रवाहमा उच्च सुधारले निरन्तरता पाएको छ ।

चालु आव माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । चालु आव पुसमा ३९.१ प्रतिशत बढेको थियो ।

पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो । तर, गत आव सोही अवधिको तुलनामा हरेक महिनाको रेमिट्यान्स आप्रवाह ४० प्रतिशत हाराहारीमा देखिएको हो ।

माघसम्म १२ खर्ब ६१ अर्ब १ करोड बराबर रेमिट्यान्स स्वदेश आएको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३९.८ प्रतिशत धेरै हो । गत आव माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

गत माघमा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आव माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स आएको थियो ।

चालु आव माघमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ५.५ प्रतिशत बढेको थियो ।

चालु आव माघसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड थियो ।

चालु आव माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ । गत आव सोही अवधिमा यस्तो संख्या २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?