+
+
Shares

आवश्यक परे पानी जहाज भाडामा लिएर पनि नेपालीको उद्धार गर्छौं : परराष्ट्र सचिव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले मध्यपूर्वमा उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर गम्भीर रहेको स्पष्ट पारेको छ।
  • परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिए।
  • सरकारले गठन गरेको इमर्जेन्सी रेस्पोन्स टिमले निर्णयहरू कार्यान्वयन गरिरहेको र आवश्यक परे उद्धार गर्ने बताइएको छ।

२७ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धार गर्न सरकार सक्षम रहेको बताएका छन् ।

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वी देशमा रहेका नेपालीहरूको उद्धारका लागि सरकार तयार रहेको बताएका हुन् ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले ती देशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सबै सयन्त्र परिचालन गरिने बताए ।

मध्यूर्वी तथा खाडी मुलुकहरूमा रहेका १७ लाख २९ हजार नेपालीको उद्धार गर्नुपर्ने अवस्था आएमा १९ महिना लाग्नेबारे समाचार अनलाइनखबर प्रकाशित भएको थियो । उक्त समाचारका विषयमा प्रतिकृया दिँदै सचिव राईले आवश्यक परेको खण्डमा पानी जहाज भाडामा लिएर भएपनि उद्धार गर्नुपर्ने बताएका हुन् ।

‘पत्रकार मित्रले १९ महिना लाग्छ कसरी उद्धार गर्छ भन्नुभयो । तर, देयर कुड बी अल्टर्नेटिभ मेजर्स, अल्टर्नेटिभ वे अफ गेटिङ पिपल टु होम कन्ट्री । हामीले पर्‍यो भने, अहिलेलाई हामीले त्यो गरेका छैनौँ तर पर्‍यो भने पानी जहाज नै भाडामा लगेर पनि ल्याउनुपर्ने अवस्था हुन्छ । तर त्यस्तो स्थिति आउँदैन हाम्रो अहिलेसम्मको विश्लेषण अनुसार,’ सचिव राईले भने ।

आवश्यक परेको खण्डमा समस्यामा परेका नेपालीहरूको उद्धार गर्नेपर्ने बताउँदै त्यसका लागि सरकार तयार रहेको बताए ।

‘इभ्याकुएसन गर्न सरकार सक्षम छ कि छैन, पर्‍यो भने अरू उपाय छैन, नेपाल सरकारले जुनसुकै हालतमा पनि गर्नैपर्छ, त्यसको लागि सरकारले सक्षमतापछि जब जब पर्छ त्यो बेला देखाउँछ । त्यसमा कुनै दुविधा भएन,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?