+
+
Shares

काठमाडौंमा खाना पकाउने ग्यास अभाव, बालाजु क्षेत्रमा लाग्यो लाइन (तस्वीरहरू)

नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन २८ गते ११:१२

२८ फागुन, काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।

आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो । बिहानैदेखि उपभोक्ताहरु रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका छन् । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन् । तर ग्यास पाउनेहरुको संख्या सीमित छ ।

अमेरिका, इजरायल र इरानबीच जारी लडाइँका कारण खाडी देशहरु पनि तनाव चुलिएको छ । इरान, युएई र ओमानसँग सीमा जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पनि लडाइँबाट प्रभावित भएपछि सो बाटो हुँदै ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएको छ । त्यसको असर विश्वभर परेको छ ।

नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ । पेट्रोलियम पदार्थको बिक्री वितरणको व्यवस्था मिलाउने नेपाल आयल निगमले समस्या समाधानको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन । अधिकांश उपभोक्ताले ग्यास अभाव भोगेको गुनासो गरेका छन् ।

  

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?