News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ।
- नेपाल वायुसेवा निगमले सातामा तीन पटक मात्र उडान गर्दै आएको र बाक्लो तुवाँलोले उडान अवरुद्ध भएको जनाएको छ।
- निगमसँग तीन वटा ट्वीनअटर जहाज मात्र रहेका कारण मर्मत र जहाज अभावले उडान तालिका परिवर्तन गरेको छ।
२८ फागुन, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।
एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मंगलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।
निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ ।
हाल काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० रुपैयाँ र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4