+
+
Shares

इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इराकको बसरा नजिकै अमेरिकी कच्चा तेल ट्यांकर \'सेफसी विष्णु\' मा आक्रमण भएको छ।
  • इराकस्थित भारतीय दूतावासले उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको र बाँकी १५ चालक दल सुरक्षित रहेको बताएको छ।
  • दूतावासले इराकी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ ।

इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

यद्यपि, दूतावासले आक्रमण कसले गर्‍यो भनेर उल्लेख भने गरेको छैन ।

‘११  मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा इराकको बसरा नजिकै आक्रमण गरिएको थियो,’ दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जहाजमा रहेका बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई भन सुरक्षित स्थानमा लगिएको विज्ञप्तिमा छ ।

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गरिएको बताएको छ।

दूतावासले मृतक चालक दलका सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?