+
+
Shares

कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै

बागमती प्रदेशमा रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशमा समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ, जुन प्रत्यक्षतर्फ पाएको भन्दा बढी हो।
  • रास्वपाका उम्मेदवारले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रमा चुनाव जितेका छन्।
  • नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशमा प्रत्यक्षतर्फ समानुपातिकभन्दा बढी मत पाएका छन्।

२८ फागुन, काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । ३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे । रास्वपाबाट उम्मेदवार रहेका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो ।

बागमती प्रदेशमा रास्वपाले समानुपातिकतर्फ भन्दा प्रत्यक्षमा कम मत पाउँदा नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था ठीक उल्टो छ ।

बागमती प्रदेश

कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको कुल मत ३ लाख ६७ हजार ४९१ छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत भने ३ लाख २१ हजार १०६ छ ।

एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिक तर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ ।

बागमती प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत पाएको छ भने राप्रपाले समानुपातिकतर्फ ७६ हजार ५२१ र श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३१ हजार ४९३ मत पाएका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?