+
+
Shares

समानुपातिकमा नौ लाख मत गयो खेर, थ्रेसहोल्ड नकटाउने कुन दलको मत कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ । यो थ्रेसहोल्ड नकटाउने दलहरूको कुल मत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ जुन थ्रेसहोल्ड नकटाउने दलहरूको कुल मत हो।
  • समानुपातिकमा तीन प्रतिशत कटाउने दलका उम्मेदवार मात्र विजय हुने व्यवस्था छ र यसपटक १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो।
  • राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फ आफ्ना उम्मेदवार जिताउन सफल भएका छन्।

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ । यो थ्रेसहोल्ड नकटाउने दलहरूको कुल मत हो ।

समानुपातिकमा तीन प्रतिशत कटाउने दलका उम्मेदवार मात्र विजय हुने व्यवस्था छ । यसपटक १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो ।

२१ फागुनमा भएको मतदानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फ आफ्ना उम्मेदवार जिताउन सफल भए ।

समानुपातिकमा रास्वपाले सबैभन्दा बढी मत ल्याउँदा सबैभन्दा कम मत ल्याउने कीर्तिमानी त्रिमुल नेपाल पार्टीले राख्यो । रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत र त्रिमुल नेपालले देशभरीबाट ६९४ मत प्राप्त गर्‍यो । चुनाव चिह्न ओदान भएको त्रिमुल नेपालको अध्यक्ष भरतमणि दाहाल छन् ।

थ्रेसहोल्ड कटाउन नसक्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, कुलमान घिसिङको पार्टीले समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रापपा), डा.सीके राउतको जनमत पार्टी, नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी, चिक्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा लगायत छन् ।

त्यस्तै, एकल चुनाव चिह्न चकिया (जाँतो)बाट लडेको राजेन्द्र महतोका राष्ट्रिय मुत्ति पार्टी (रामुपा) नेपाल, अशोक राईको जसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालले पनि थ्रेस होल्ड कटाउन सकेन ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, नेत्रवित्रम चन्दको नेकपा (माओवादी), एकल चुनाव चिह्न मोवाइल लिएर लडेको प्रभु साहको आम जनता पार्टी, एकल चिह्न बस लिएको पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी (नेसंसपा), सीपी मैनालीको नेकपा माले लगायतले ३० हजार भन्दा पनि कम मत ल्याए ।

थ्रेसहोल्ड कटाउन नसकेका दलहरूलाई प्राप्त मतः

जसपा, नेपाल १,८२,२८५

राष्ट्रिय परिवर्तन पार्टी १,७२,४९३

जनमत पार्टी ७९,४३५

चकिया (जाँतो) (रामुपा/जसपा/नाउपा, नेपाल) ६२,०६९

नेपाल मजदुर किसान पार्टी ४२,३०१

राष्ट्र निर्माण दल नेपाल ३९,५७७

राष्ट्रिय जनमोर्चा २९,४५५

एकल चिन्ह बस (नेसंसपा/बएपार्टी/नेजजापा) २९,४३६

नेपाल जनता संरक्षण पार्टी २८,४२४

प्रगतिशील लोकतान्त्रिक पार्टी २४,६७५

नेकपा (माओवादी) २३,८६४

मंगोल नेशनल अर्गनाइजेशन २०,८२९

मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी) १९,८३२

सार्वभौम नागरिक पार्टी १४,८८७

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल १०,७२६

संयुक्त नागरिक पार्टी ९,१४२

स्वाभिमान पार्टी ८,१५६

राष्ट्रिय जनमुक्ति पार्टी ७,२१०

नेपाल जनता पार्टी ७,१६४

राष्ट्रिय एकता दल ७,०७१

नेकपा (माले) ६,१७२

राष्ट्रिय गौरव पार्टी ५,२५०

नेशनल रिपब्लिक नेपाल ५,१६१

गतिशील लोकतान्त्रिक पार्टी ५,१०१

नेपालका लागि नेपाली पार्टी ५,०१९

नेकपा मार्क्सवादी (पुष्पलाल) ४,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,६८१

नेकपा (संयुक्त) ४,५१५

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४,३२१

समावेशी समाजवादी पार्टी नेपाल ४,२८४

नेपाल लोकतान्त्रिक पार्टी ४,१२३

नेपाल मातृभूमि पार्टी ३,२२८

जय मातृभूमि पार्टी २,९८१

राष्ट्रिय जनता पार्टी नेपाल २,९३६

बहुजन शक्ति पार्टी २,७७५

प्रजातान्त्रिक पार्टी नेपाल २,२४६

नेपाल जनमुक्ति पार्टी २,१७२

जन अधिकार पार्टी २,११७

नेपाल सद्‍भावना पार्टी २,०१८

पिपुल फर्ष्ट पार्टी १,८००

नेपाली कांग्रेस (वी.पी.)१,७८८

नागरिक शक्ति, नेपाल १,७३३

नेपाली जनश्रमदान संस्कृति पार्टी १,६३९

नेपाली जनता दल १,४५४

समावेशी समाजवादी पार्टी १,३९७

जनता लोकतान्त्रिक पार्टी, नेपाल १,३०३

जगर भएको सिंह(सनेपा/नासपा) १,१३२

जनप्रिय लोकतान्त्रिक पार्टी ९५५

मितेरी पार्टी नेपाल ७७२

उन्‍नत लोकतन्त्र पार्टी ७३०

त्रिमुल नेपाल ६९४

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?