News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएर साधारण सदस्य मात्र रहने गरी कारबाही गरेको छ।
- पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई पार्टी हितविपरीत कार्य गरेको आरोपमा जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
- लिङ्देनले दुवैलाई आफूले मनोनित गरेको भए पनि कारबाही गरेको जानकारी दिइएको छ।
२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका एक उपाध्यक्षसहित दुई जनालाई साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाएको छ ।
आज बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएका हुन् ।
उनीहरू दुवैलाई लिङ्देनले नै मनोनित गरेका थिए ।
तर पार्टी हितविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको बताइएको छ । लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाका उपाध्यक्ष दिल विकास राजभण्डारी र सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4