+
+
Shares

आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसमविदले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा वर्षाको सम्भावना औंल्याएका छन्।
  • मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
  • चितवनमा १२६ मिलिमिटर, लमजुङमा १२० मिलिमिटर वर्षा भएको र केही ठाउँमा असिना परेको रेकर्ड छ।

काठमाडौं । मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् ।

आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ ।

यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । त्यसैको प्रभावले बदली र वर्षा भएको महाशाखाका मौसमविदहरु बताउँछन् ।

चितवन र लमजुङमा धेरै वर्षा

हिजो काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हावाहुरीसहित पानी परेको थियो ।

सबैभन्दा धेरै पानी चितवनमा परेको थियो । चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा १२६ मिलिमिटर पानी परेको रेकर्ड छ । यसैगरी लमजुङको घरेढुंगामा १२० मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी र उदयपुरको कटारीमा ९८.४ मिलिटर, झापाको चन्द्रगढी विमानस्थलमा ९६.४ मिलिमिटर, गोरखाको बारपाकमा ९० मिलिमिटर, झापाको शनिश्चरेमा ८६.६ र कन्काईमाई चुलीमा ८३.२ मिलिमिटर पानी परेको रेकर्ड छ ।

केही ठाउँमा असिना पानी परेको विवरण छ ।

सिन्धुपाल्चोक, नुवाकोटसहित अन्य जिल्लाहरुमा पनि हल्कादेखि मध्यम खालको वर्षा भएको थियो । काठमाडौंका केही ठाउँमा हल्का र छिटफुट वर्षा मापन भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?