News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरु माथि प्राप्त उजुरीहरूमा प्रारम्भिक अध्ययन सुरु गरेको छ।
- अनुशासन समितिको बैठकले बारा, बैतडी, सिन्धुली, नवलपरासी लगायतका जिल्लाबाट प्राप्त उजुरीहरू अध्ययन गर्ने निर्णय गरेको छ।
- बैठकले अनुशासन समितिको सचिवमा केन्द्रीय कार्यालयका सह सचिव दिनेश थापालाई मनोनित गरेको छ।
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरु माथि प्राप्त उजुरीहरु माथि प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
तारामान गुरुङ संयोजक रहेको अनुशासन समितिको शुक्रबार बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो । अनुशासन समितिलाई बारा, बैतडी, सिन्धुली, नवलपरासी लगायतका जिल्लाबाट उजुरी प्राप्त भएको छ ।
२१ फागुनमा भएको चुनावमा कांग्रेसको उम्मेदवारलाई हराउन पार्टीकै सदस्यले नै भूमिका खेलेको कारबाहीका लागि नामहरु किटान गरेर उजुरी आएको अनुशासन समितिले जानकारी गराएको छ ।
बैठकले अनुशासन समितिको सचिवमा केन्द्रीय कार्यालयमा सह सचिव दिनेश थापालाई मनोनित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4