News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिगमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्सलाई ७३-६८ ले पराजित गरेको छ ।
- रोमाञ्चक खेलमा दोस्रो र चौथो क्वाटरमा दुवै टिमले समान अंक जोडेका थिए ।
- टाईम्सका श्रेयश बहादुर शाहले २७ अंक बनाएर प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
२९ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार दिउँसो भएको खेलमा साविक विजेता टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो क्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो । दोस्रो क्वाटर र चौथो क्वाटरमा दुवै टोलीले समान अंक जोडेका थिए भने तेस्रो क्वाटरमा हाउण्ड्सले जम्मा एक अंकको अग्रता बनाएको थियो ।
दोस्रो क्वाटर १९-१९ र चौथो क्वाटर २०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो ।
टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको प्लेअर अफ दि म्याच घोषिच भए ।
पहिलो खेलमै गोल्डेनगेट इन्टरनेसकल क्लबसँग पराजित भएको टाइम्सको यो पहिलो जित हो । हाउण्ड्सको भने यो लगातार दोस्रो हार हो ।
यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो । आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो । आर्मीले पहिलो खेलमा हाउण्ड्सलाई पराजित गरेको थियो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ । क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।
प्रतिक्रिया 4