News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले प्रिमियर लिगमा एभरटनलाई २-० ले पराजित गर्दै अग्रता फराकिलो बनाएको छ ।
- दोस्रो स्थानको म्यानचेष्टर सिटीले वेस्टहम युनाइटेडसँग १-१ को बराबरी खेलेपछि आर्सनललाई फाइदा पुगेको हो ।
- चेल्सीले न्युकासल युनाइटेडसँग १-० ले पराजित भयो ।
१ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले एभरटनलाई २-० ले पराजित गर्दै ९ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा आर्सनलले दुवै गोल अन्तिम समयमा गरेको थियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका भिक्टोर योकेरेसले ८९औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि म्याक्स डोमनले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै २-० को जित पक्का गरे ।
जितपछि आर्सनलले ३१ खेलबाट ७० अंक जोडेर दोस्रो स्थानको सिटीमाथि फराकिलो अग्रता बनाएको थियो । एभरटन ३० खेलबाट ४३ अंकसहित आठौं स्थानमा छ ।
सिटी सामु अग्रता कम पार्ने अवसर थियो । तर सिटी वेस्टहम युनाइटेडसँग १-१ को बराबरीमा रोकिएपछि आर्सनलसँग अंकदूरी कमपार्न सकेन र ९ अंकले पछि रह्यो ।
सिटीका बर्नार्डो शिल्भाले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर वेस्टहमका कोन्स्टानटिनोस माभरोपानोसले ३५औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल भएन ।
बराबरीपछि सिटीको ३० खेलबाट ६१ अंक छ । सिटीले आर्सनल भन्दा एक खेल कम खेलेको छ ।
वेस्टहम ३० खेलबाट ३९ अंकसहित १७औं स्थानमा छ ।
यस्तै अर्को खेलमा चेल्सी न्युकासल युनाइटेडसँग १-० ले पराजित भउको छ । चेल्सीको मैदानमा न्युकासललाई जित दिलाउन एन्टोनी गोर्डनले १९औं मिनेटमा निर्णायक गोल गरे ।
हारपछि चेल्सीले तेस्रो स्थानको म्यानचेष्टर युनाइटेड र चौथो स्थानको एस्टन भिल्लासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । चेल्सी ३० खेलबाट ४८ अंकसहित पाँचौ स्थानमै छ । समान खेलबाट ४२ अंक जोडेर न्युकासल नवौँ स्थानमा उक्लेको छ ।
लिगकै अन्य खेलमा ब्राइटनले सन्डरल्यान्डलाई १-० ले पराजित गर्दा बर्नली र एएफसी बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।
तस्बीर: आर्सनल
प्रतिक्रिया 4