+

शीर्ष स्थानको इन्टर बराबरीमा रोकियो

२०८२ चैत  १ गते ८:१६ २०८२ चैत १ गते ८:१६
शीर्ष स्थानको इन्टर बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर मिलानले घरेलु मैदानमा एटलान्टासँग १-१ को बराबरी खेलेको छ ।
  • इन्टरका फ्रान्सेस्को पिओ इस्पोसितोले २६औं मिनेटमा अग्रता दिलाएपनि कायम राख्न सकेन ।
  • अर्को खेलमा युभेन्ट्सले उडिनेजीलाई १-० ले पराजित गरेको छ ।

१ चैत, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान एटलान्टासँग १-१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा इन्टरले अंक बााड्न बाध्य भएको हो ।

फ्रान्सेस्को पिओ इस्पोसितोले २६औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर एटलान्टाका लागि निकोलो किस्टोभिचले ८२औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि इन्टरले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर गुमाएको छ । इन्टरको २९ खेलबाट ६८ अंक छ । एक खेल कम खेलेको एसी मिलान ६० अंकसहित दोस्रो स्थानमा छ र मिलान सामु अंकदुरी अझ घटाउने अवसर छ । एसी मिलानले सोमबार लाजियोसँग खेल्दैछ । यसअघि एसी मिलानले इन्टरलाई पराजित गरेको थियो ।

एटलान्टा २९ खेलबाट ४७ अंकसहित सातौं स्थानमा छ ।

अर्को खेलमा युभेन्ट्सले उडिनेजीलाई १-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । युभेन्ट्सका लागि जेरेबी बोगाले ३८औं मिनेटमा गोल गरेका थिए ।

युभेन्ट्सले २९ खेलबाट ५३ अंक जोडेको छ । उडिनेजी २९ खेलबाट ३६ अंकसहित ११औं स्थानमा छ ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय