+
+
Shares

लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते ८:४५
Photo Credit : Jean-Pierre Lacroix

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत नेपाली सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको छ र नेपाली सैनिक सुरक्षित रहेका छन्।
  • नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आक्रमणमा मानवीय क्षति नभएको र अनुसन्धान भइरहेको बताए।
  • युएन महासचिव गुटेरेसले द्वन्द्व तुरुन्त रोकिनुपर्ने र शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको बताउनुभयो।

१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो ।

शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विस्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’

लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् ।

आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने यकिन भएको छैन । ‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने यकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलको गोला नेपाली शान्ति मिसनको हेडक्वाटरमा खसेको जिकिर गरेको छ । ‘इजरायली गोला माइस–अल–जबाल शहरमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआईएफआईएल) अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसे,’ एजेन्सीले भनेको छ ।

तर कहाँबाट आक्रमण भयो भन्ने यकिन नभइसकेको नेपाली सेनाका प्रवक्ता बस्नेतले बताए । उनका अनुसार त्यसको अनुसन्धान भइरहेको छ । ‘गोलाबारी कहाँबाट भयो भन्ने यकिन छैन, त्यसको छानबिन हुन्छ,’ उनले आइतबार बिहान अनलाइनखबरसँग भने ।

युएन महासचिवले भने– द्वन्द्व रोकियोस्

संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विस्फोट भएको हो ।

महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए ।

उनले शान्ति बहालका लागि विश्व समुदायलाई अपिल समेत गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश एकदमै स्पष्ट छ– आफ्नो सक्रियता बढाउनुस्,’ उनले भनेका छन् ।

उनले लेबनान सँगसँगै इजरायल र अरु सम्पूर्ण देशका जनतालाई निर्भयपूर्वक बाँच्न पाउने अधिकार रहेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?