+
+
Shares

धेरै कमाउने १० हलिउड कलाकारको सूची सार्वजनिक, शीर्षमा एडम स्यान्डलर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोर्ब्सले सन् २०२५ मा हलिउडका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारहरूको सूची सार्वजनिक गरेको छ।
  • सूचीमा एडम स्यान्डलर पहिलो स्थानमा छन् जसले करिब ४८ मिलियन अमेरिकी डलर कमाएका छन्।
  • टम क्रुज दोस्रो स्थानमा छन् र उनले ४६ मिलियन अमेरिकी डलर कमाएका छन्।

मुम्बई । बलिउड अभिनेता शाहरुख खानलाई आफ्नो देशमा सबैभन्दा धनी कलाकार मानिन्छ । उनको कुल सम्पत्ति करिब १२ हजार ४९० करोड भारु रहेको बताइन्छ । उनी उद्योगका सबैभन्दा महँगा कलाकारमध्ये पनि पर्छन् र एक फिल्मका लागि १०० करोड भारुभन्दा बढी पारिश्रमिक लिने गरेका छन् ।

तर हलिउडमा सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने कलाकार को-को हुन् भन्ने प्रश्नको जवाफ भने फरक छ । प्रतिष्ठित पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार २०२५ मा हलिउडका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारहरूको सूचीमा केही अपेक्षित नामसँगै केही आश्चर्यजनक नाम पनि परेका छन् ।

सूचीको शीर्ष स्थानमा अभिनेता एडम स्यान्डलर छन् । उनले सन् २०२५ मा करिब ४८ मिलियन अमेरिकी डल कमाएका छन् । अघिल्लो वर्ष उनले ८८ मिलियन डलर कमाए । यसपटक कमाइ घटे पनि उनी सूचीको पहिलो स्थानमा रहन सफल भए ।

सूचीमा टम क्रुज, ब्राड पिट र स्कारलेट जोहान्सन जस्ता चर्चित कलाकार पनि समावेश छन् । सबैभन्दा धेरै चर्चा भने २२ वर्षीया अभिनेत्री मिली बोबी ब्राउनको नामले पाएको छ । ‘स्ट्रेन्जर थिङ्स’ बाट विश्वभर चिनिएकी उनले सूचीमा दशौँ स्थान हासिल गरेकी छन् ।

रोचक कुरा के छ भने यो सूचीमा हलिउडका चर्चित र ओस्कार-मनोनित अभिनेता लियोनार्डो डिक्याप्रियोको नाम भने समावेश छैन । यसको अर्थ सन् २०२५ मा मिली बोबी ब्राउनले उनको भन्दा बढी कमाइ गर्न सफल भइन् ।

फोब्र्सको यो सूची त्यस्तो समयमा आएको छ, जब पछिल्ला दुई वर्षदेखि हलिउडको व्यापार केही सुस्त देखिएको छ । रिपोर्टअनुसार सबैभन्दा धेरै कमाइ गर्ने २० कलाकारको कुल आम्दानी ५९० मिलियन अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यही रकम ७३० मिलियन डलर थियो ।

एडम स्यान्डलर शीर्ष स्थानमा

अमेरिकी अभिनेता, कमेडियन र फिल्म निर्माता स्यान्डलर ५९ वर्षका छन् , सन् २०२५ मा उनले हलिउडका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारको सूचीमा पहिलो स्थान हासिल गरे । फोब्र्सका अनुसार उनले गत वर्ष करिब ४८ मिलियन अमेरिकी डलर कमाए ।

अघिल्लो वर्षको तुलनामा भने उनको आम्दानी उल्लेखनीय रूपमा घटेको देखिन्छ । सन् २०२४ मा उनले करिब ८८ मिलियन डलर कमाएका थिए । यस आधारमा हेर्दा एक वर्षमै उनको कमाइ करिब ४० मिलियन डलरले घटेको हो ।

गत वर्ष स्यान्डलरका तीन फिल्म प्रदर्शनमा आएका थिए- काइन्डा प्रेग्नेन्ट, ह्याप्पी गिलमोर २ र जे केली। यसबाहेक उनी दुई वटा डकुमेन्ट्रीमा पनि देखिएका थिए ।

उनको आम्दानीको मुख्य स्रोत ‘ह्याप्पी गिलमोर २’ जस्ता फिल्म हुन् । सन् १९९६ को लोकप्रिय स्पोट्र्स कमेडी फिल्म ह्याप्पी गिलमोरको सिक्वेलका रूपमा बनेको यो फिल्म स्यान्डलरले आफैं निर्माण गरेका हुन् र यसमा मुख्य भूमिकामा पनि उनी नै देखिएका छन् ।

त्यस्तै, उनले जर्ज क्लुनीसँगै नेटफ्लिक्सको कमेडी-ड्रामा फिल्म ‘जे केली’ मा पनि अभिनय गरेका छन् । यस फिल्मका लागि स्यान्डलरलाई गोल्डेन ग्लोब्स अवार्डमा ‘सर्वश्रेष्ठ सहायक अभिनेता’ विधामा मनोनयन समेत प्राप्त भएको थियो ।

दोस्रो स्थानमा टम क्रुज

फोर्ब्सको सूचीअनुसार सन् २०२५ मा हलिउडका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारमध्ये दोस्रो स्थानमा टम क्रुज छन् । उनले गत वर्ष करिब ४६ मिलियन अमेरिकी डलर गरेका छन् ।

उनको कमाइको मुख्य स्रोत बहुचर्चित फिल्म ‘मिसन इम्पोसिबल- द फाइनल रेकोनिङ’ बनेको हो । ‘मिसन इम्पोसिबल’ श्रृंखलाको यो नयाँ भागले विश्वभर राम्रो व्यापार गरेपछि क्रुजको आम्दानीमा पनि उल्लेख्य योगदान पुगेको बताइएको छ । लामो समयदेखि हलिउडका सबैभन्दा सफल स्टारमध्ये गनिने क्रुजले यस फिल्ममार्फत आफ्नो स्टारडम अझै मजबुत रहेको देखाएका छन् ।

यस्तो छ सूची :

१) एडम स्यान्डलर– ४४८ मिलियन डलर
२) टम क्रुज– ४४६ मिलियन डलर
३) मार्क वाह्लबर्ग– ४४४ मिलियन डलर
४) स्कारलेट जोहान्सन– ४४३ मिलियन डलर
५) ब्राड पिट– ४४१ मिलियन डलर
६) डेनजेल वासिङ्टन– ४३८ मिलियन डलर
७) ज्याक ब्ल्याक– ४२८ मिलियन डलर
८) जेसन मोमोआ– ४२८ मिलियन डलर
९) डेनियल क्रेग– ४२७ मिलियन डलर
१०) मिली बोबी ब्राउन – ४२६ मिलियन डलर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?