News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।
- नेपालले चैत १२ गते दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
- प्रारम्भिक सूचीमा भरत खवाससहित राष्ट्रिय टिमका अनुभवी र नयाँ खेलाडीहरू समावेश छन् ।
१ चैत, काठमाडौं । हङकङविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ४९ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ खेलाडीलाई प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले यही मार्च २६ (चैत १२ गते)मा दशरथ रंगशालामा हङकङसँग खेल्दैछ ।
एरेनाले आइतबार ४९ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।
जसमा राष्ट्रिय टिमबाटै खेलिसकेका खेलाडीहरु धेरै छन् भने केही नयाँ अनुहार पनि यो सूचीमा छ । गत भदौमा जेनजी आन्दोलन अघि नै बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलपछि सन्न्यास लिने घोषणा गरेका भरत खवास पनि प्रारम्भिक सूचीमा छन् ।
यस्तै प्रशिक्षक एरेनाले प्रारम्भिक चरणमा धेरै नयाँ खेलाडीहरुलाई पनि बोलाएका छन् ।
इटालियन प्रशिक्षक रेनाले दुई साता अघि देखि नै नेपाल आएर राष्ट्रिय लिगका खेल हेरिरेका छन् । तर उनलाई एन्फाले बिहीबार मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।
प्रारम्भिक सूची : अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लेकेन लिम्बु, मणि लामा, मनीष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिश श्रेष्ठ, सरोज तामाङ, शंकर थारु, सृजन राज गौतम, सुबास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ, युबराज खड्का
फाइल तस्बीर
प्रतिक्रिया 4