News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले युद्ध प्रभावित मध्यपूर्वका देशहरूमा अलपत्र परेका नेपालीहरूको राहत तथा उद्धारका लागि दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो, तेल अवीव, जेद्दा र दुबईका दूतावासहरूले राहत कार्य गर्ने बताए।
- परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका १० वटा दूतावासलाई आवश्यक पर्ने १० लाख रुपैयाँ बजेट माग गरेको छ।
१ चैत, काठमाडौं । युद्ध प्रभावित मध्यपूर्व ९पश्चिमी एसियाली० देशहरूमा अलपत्र परेका नेपालीहरूको राहत तथा उद्धारका लागि दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले हाललाई नेपाली राजदूतावासहरू रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अभिव तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको बताए ।
ती देशहरूमा ट्रान्जिटमा फसेका नेपालीहरूको राहत तथा उद्धारका लागि आवश्यक बजेटको माग गरिएको थियो । परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका १० वटा दूतावास तथा नियोगहरूलाई तत्कालका लागि आवश्यक पर्ने १० लाखका दरले बजेट माग गरेको थियो ।
प्रतिक्रिया 4