+
+
Shares

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेतमा वैध रेसिडेन्ट पर्मिट भएका नेपालीले साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन्।
  • कुवेतस्थित नेपाली दूतावासले कुवेती सिभिल आईडी भएका नेपालीलाई अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन अनुरोध गरेको छ।
  • साउदी भिसा पाएपछि सडकमार्गबाट साउदी प्रवेश गरी विमानस्थल हुँदै नेपाल जान सकिने व्यवस्था मिलाइएको छ।

१ चैत, काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् ।

कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।

साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध गरिएको छ। मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपालीका लागि उक्त व्यवस्था मिलाइएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?