+
+
Shares

रास्वपा केन्द्रीय समितिबाट १३ जना बने समानुपातिक सांसद

केन्द्रीय सदस्यबाट समानुपातिकमा छनोट भएका मध्ये ११ जना महिला र दुई जना पुरुष छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यबाट १३ जना समानुपातिक सांसद निर्वाचित भएका छन्, जसमा ११ जना महिला र दुई जना पुरुष छन्।
  • खस आर्य क्लस्टरबाट कोषाध्यक्ष लिमा अधिकारी र सहकोषाध्यक्ष बसुमाया तामाङ प्रतिनिधि सभा सदस्य बनेकी छन्।
  • रास्वपाले समानुपातिकतर्फ ५७ जना सांसद बनाएको छ, जसमा ४८ जना महिला सांसद छन्।

२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यबाट १३ जना समानुपातिकबाट निर्वाचत भएका छन् । केन्द्रीय सदस्यबाट समानुपातिकमा छनोट भएका मध्ये ११ जना महिला र दुई जना पुरुष छन् ।

खस आर्य क्लस्टरबाट कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सांसद प्रतिनिधि सभा सदस्य बनेकी छन् । रास्वपाको संस्थापक केन्द्रीय सदस्य रहेकी उनी संसद्‌मा नयाँ अनुहार हुन् । उनी एमालेका पूर्व नेता भरतमोहन अधिकारीको छोरी हुन् ।

सहकोषाध्यक्ष बसुमाया तामाङ जनजाति कोटाबाट निर्वाचित सांसद बनेकी छन् । उद्यमी समेत रहेकी तामाङले अचार उत्पादन गरेर देशभित्र र मुलुक बाहिर व्यापार गर्दै आएकी छन् । तामाङले रोजागारी समेत सिर्जना गरेकी छन् ।

सहप्रवक्ता प्रतिभा रावल खस आर्य कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी छन् । सभापति रवि लामिछानेसँगै ग्यालेक्सी टीभीमा कार्यरत रावलले सभापति लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेकी थिइन् । सभापति लामिछानेको अदालती प्रक्रियाका कार्यमा रावलले सघाउँदै आएकी छन् ।

अर्का सहप्रवक्ता रमेश प्रसाई खस आर्य कोटामा पुरुषबाट निर्वाचित हुने एक मात्र पात्र हुन् । प्रसाई पूर्व टेलीभिजनकर्मी हुन् । समानुपातिकमा खस आर्य क्लष्टरबाट

निर्वाचित केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल मनोवैज्ञानिक परामर्शदाता हुन् । उनी पनि पूर्व टेलिभिजन प्रस्तोता हुन् ।

रास्वपा केन्द्रीय सदस्य एवं विवेकशील साझाको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा खस आर्य कोटाबाट प्रतिनिधि सभामा पहिलोपटक पुग्दैछन् । रास्वपा र विवेकशील साझाबीचमा चुनावअघि एकता भएको थियो ।

पूर्व विवेकशील साझाका पूर्व उपाध्यक्ष प्रकाशचन्द्र परियार समानुपातिकबाट निर्वाचित सांसद बनेका छन् । केन्द्रीय सदस्यबाट समानुपातिकबाट सांसद हुने उनी पुरुषमा उनी दोस्रो व्यक्ति हुन् ।

केन्द्रीय सदस्य टीका संग्रौला पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेकी छन् । भक्तपुरकी प्रमिला कुलूजु, गोरखाकी एलिजा गुरुङ र काठमाडौंकी कुसुम महर्जन जनजाति क्लस्टरबाट छानिएका छन् । केन्द्रीय सदस्यद्वय निशा मेहता, कामिनी कुमारी (चौधरी) मधेसी महिलाबाट छनोट भएका छन् ।

रास्वपाले समानुपातिकतर्फ ५७ जना सांसद बनाएको छ । ती मध्ये ४८ जना महिलाबाट सांसद बनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?