+
+
Shares

आँबुखैरेनी गाउँपालिकाद्वारा साढे सात लाखको छात्रवृत्ति वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा ७५ विद्यार्थीलाई रु ७ लाख ५० हजार बराबर छात्रवृत्ति प्रदान गरेको छ।
  • रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० र अन्य विद्यालयका पाँच विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ।
  • प्रमुख प्रशासकीय अधिकृत सर्मिला अधिकारीले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकता रहेको र आर्थिक अभावका कारण पढाइ प्रभावित नहोस् भनेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

२ चैत, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सर्मिला अधिकारीले जानकारी दिइन् ।

शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ छ । विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताए ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?