+
+
Shares

‘ब्रेन इन्जुरी’ बाट बाँचेका बेलायतीको कथामा ‘द एभरेस्ट ड्रीम’, निफमा प्रिमियर हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्यान्डका मस्तिष्क चोटग्रस्त पाँच जना बिरामी र परिवारसहितको टोलीले सगरमाथा आधार शिविरसम्मको यात्रा गरेको डकुमेन्ट्री फिल्म 'द एभरेस्ट ड्रीम' तयार भएको छ।
  • निर्देशक गणेश पाण्डेले बताए कि फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिने सन्देश दिन्छ र यो पहिलो पटक यस्ता बिरामीले सामूहिक आरोहण गरेको हो।
  • 'द एभरेस्ट ड्रीम' डकुमेन्ट्री ५ अप्रिलमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुनेछ र त्यसपछि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरिने छ।

काठमाडौं । मस्तिष्कमा गम्भीर चोट भोगेका स्कटल्यान्डका एक व्यक्तिको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । डेढ वर्षको मिहेनतपछि तयार भएको फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्मले दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरले पुनः राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताएका ती व्यक्तिहरूले हार नमानी सगरमाथा आधार शिविरसम्म पुग्ने लक्ष्य राखेका थिए ।

फिल्ममा उनीहरूको स्कटल्यान्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै एभरेस्ट बेस क्याम्पतर्फको कठिन तर भावनात्मक यात्रालाई देखाइएको छ ।

यात्राका क्रममा उचाइ, थकान र स्वास्थ्यका चुनौती आए पनि उनीहरू एक-अर्काको साथ र शेर्पा गाइडको सहयोगमा अघि बढ्ने प्रयास गर्छन् । यात्रामा एक सदस्य केही समय समूहबाट छुट्टिने घटना र अर्का सदस्य स्वास्थ्य समस्याका कारण बेस क्याम्प पुग्नुअघि नै रोकिनुपरेको अवस्था देखाइएको छ ।

निर्देशक पाण्डेका अनुसार, यो फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ । यस्ता बिरामीले सामूहिक रुपमा सगरमाथा आरोहण गरेको यो पहिलो हो । द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र उनका परिवारसहित ७ जना सगरमाथा बेस क्याम्प पुगेका थिए ।

डकुमेन्ट्री फिल्म निर्माणको क्रममा निर्देशक पाण्डे स्वयंले पनि चुनौती सामना गरेका थिए । सगरमाथा बेस क्याम्प पुग्नै लाग्दा अक्सिजनको कमी भएपछि उनी आफै पनि हेलिकप्टरमार्फत फर्किनु परेको थियो ।

यो डकुमेन्ट्री ५ अप्रिलमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा प्रिमियर हुने भएको छ । त्यसपछि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरिने जनाइएको छ । पाण्डेले यसअघि भुइँचालोबारेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ निर्देशन गरेका थिए । बहुपति प्रथामाथि आधारित ‘को-हजबेन्ड’ पनि निर्देशन गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?