+
+
Shares

बहुगन्तव्य शैक्षिक मेलाको आयोजना गर्दै गोरेटो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरेटो एजुकेशन कन्सलट्यान्सीले २० मार्चमा काठमाडौंको बागबजारस्थित सल्यान हाउसमा बहुगन्तव्य शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।
  • मेलामा १५ भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी भएर विद्यार्थीलाई कोर्ष, स्कलरसिप, एडमिसन र भिसा गाइडेन्स दिनेछन्।
  • विद्यार्थीहरूले मेलामा अष्ट्रेलिया, क्यानडा, यूके र यूएसएमा अध्ययनका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

३ चैत, काठमाडौं । गोरेटो एजुकेशन कन्सलट्यान्सीले बहुगन्तव्य शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

शैक्षिक मेला २० मार्चमा काठमाडौंको बागबजारमा रहेको सल्यान हाउसमा आयोजना गरिने गोरेटोका सीईओ धिरज कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालनमा आउनेछ । मेलामा विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, यूके र यूएसएमा अध्ययनका अवसरबारे जानकारी लिन सक्नेछन् ।

कार्यक्रममा १५ भन्दा बढी कलेज तथा विश्वविद्यालयका रिप्रेजेन्टेटिभ्स सहभागी रहनेछन् । जससँग विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो अध्ययन योजना, कोर्ष, स्कलरसिप, एडमिसन, भिसा गाइडेन्स र भविष्यका अवसरबारे जानकारी लिन सक्ने आयोजकको भनाइ छ ।

सो अवसरमा विद्यार्थीहरूले आफ्नो रुची र योजनाअनुसार विभिन्न कोर्स, करियर, उपलब्ध इन्टेक, स्कलरसिप तथा भविष्यका अवसरबारे बुझ्न सक्नेछन् ।

साथै भर्ना, भीसा गाइडेन्स र पीआरसम्बन्धी जानकारी पनि कलेजका प्रतिनिधिसँग प्रत्यक्ष तथा वरिष्ठ परामर्शकर्तासँगबाट पनि लिन सकिने बजार व्यवस्थापक प्रकाश रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार एउटै स्थानमा विभिन्न देशका विकल्पहरूबारे बुझ्न र तुलना गर्न सकिने भएकाले पनि यो फेयर विद्यार्थीहरूका लागि उपयोगी हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?