+
+
Shares

अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ

अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १४:४०

४ चैत, जनकपुरधाम । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए ।

विवाहको लामो समय हुँदा दुवैका सन्तान नभएको र त्यही प्रसंगमा बहिनीमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको मृतक विभाका दाजु मनिषकुमार महतोको आरोप छ ।

अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् ।

जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?