News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको टुँडिखेलमा चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा पर्व मनाइएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले समारोहमा सहभागिता जनाएका थिए।
- नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल र शारीरिक व्यायाम प्रदर्शन गरेको थियो र सरकारले सार्वजनिक बिदा दिएको छ।
४ चैत, काठमाडौं । काठमाडौंको टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । घोडेजात्रा पर्वको अवसरमा नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत सहभागी भए ।
समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गरिएको थियो ।
काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ ।
यसै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4