News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील विषयका रूपमा औंल्याउनुभएको छ।
- मन्त्री थापाले दलित विधेयक पारित गरी दलित समुदायको हकअधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको जानकारी दिनुभएको छ।
- प्रदेश सरकारले भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय भएर पिछडिएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
५ चैत, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन् ।
दलित सञ्जालद्वारा आयोजित ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गर्दै पिछडिएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए ।
उनले प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हकअधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको पनि जानकारी दिए । दलित अधिकार संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4