+
+
Shares

भारतीय पर्यटकको रोजाइमा जमुना ढाप पोखरी (तस्वीरहरू)

चिया बगानले ढाकिएको पहाडी भू-भाग । त्यसमाथि हरियाली सल्लाका रुखहरू । बीचमा सुन्दर प्राकृतिक पोखरी । पहिलो पटक यहाँ पुग्ने जो-कसैको पनि मन लोभ्याउँछ ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८२ चैत ५ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा रहेको ढाप पोखरी पर्यटकीय क्षेत्र विकास हुँदैछ।
  • ढाप पोखरी नजिकै नेपाल-भारत सीमा पर्दा भारतीय पर्यटकहरू बढी आउने गर्छन्।
  • पर्यटक आकर्षित गर्न सडक स्तरोन्नति, पूर्वाधार र प्रचार प्रसारमा जोड दिनुपर्ने अध्यक्ष भट्टराईले बताए।

५ चैत, इलाम । चिया बगानले ढाकिएको पहाडी भू-भाग । त्यसमाथि हरियाली सल्लाका रुखहरू । बीचमा सुन्दर प्राकृतिक पोखरी । पहिलो पटक यहाँ पुग्ने जो-कसैको पनि मन लोभ्याउँछ । यो ठाउँ इलामको सन्दकपुर गाउँपालिका–५  स्थित जमुनामा अवस्थित छ । पोखरी आसपास क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न भौतिक पूर्वाधारहरू निर्माण भइरहेका छन् । केही भौतिक संरचनाहरू बनिसकेका छन् ।

यहाँ पुग्दा लाग्छ, जमुना ढाप पोखरीले पर्यटकहरू स्वागत गर्न हतारिरहेको छ । यो पर्यटकीय क्षेत्र नजिकै नेपाल-भारत सीमा क्षेत्र पर्दछ । जसका कारण उलेख्य संख्यामा भारतीय पर्यटकहरू यहाँ आउने गर्छन् । विशेष गरी सीमावर्ती क्षेत्र सन्दकपुर, कैयाकट्टा लगायत ठाउँबाट पर्यटकहरू आउने स्थानीय बताउँछन् ।

घुम्न आउने पर्यटक बस्नका लागि यहाँ होमस्टे पनि सञ्चालनमा रहेको स्थानीय इन्द्र गुरुङले बताए । ढाप पोखरी क्षेत्रमा शिव मन्दिर, गुम्बा जस्ता धार्मिक स्थलहरू पनि निर्माण गरिएको उनले बताए ।

ढाप पोखरी पर्यटकीय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विप्लब भटराईका अनुसार हागेथाम जंगलमा रेडपाण्डाका साथै विभिन्न प्रजातिका चराहरू पनि पाइने भएकोले यो ठाउँ बढी महत्त्वपूर्ण रहेको छ ।

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको यो ठाउँ पुग्नका लागि सडकको स्तरोन्नतिका साथै पर्यटन पूर्वाधार, प्रचार प्रसारमा जोड दिनु पर्ने भट्टराई बताउँछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?