+
+
Shares

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भिडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाइटीको सिटाडेल लाफेरियरमा भएको भिडभाडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
  • घटनामा भीड नियन्त्रणबाहिर गएपछि भागदौड मच्चिएको र प्रवेशद्वारमा अत्यधिक भीड जम्मा भएको बताइएको छ।
  • सरकारले घटनाको छानबिन अघि बढाइरहेको र पीडितलाई आवश्यक सहयोग र उपचार प्रदान गरिरहेको जनाएको छ।

हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भिडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ ।

सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन् । उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ ।

हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिकाले नोभेलिस्टलाई दिएको जानकारीअनुसार प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ । उनले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतक सङ्ख्या बढ्न सक्ने बताए ।

घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।

प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो ।

सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ । विज्ञप्तिमा सबै सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गरिएको उल्लेख गर्दै पीडितहरूलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

हाइटी सरकारले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने थप विवरणहरू सङ्कलन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?