+
+
Shares

सुमधुर गीत गाउने आशा भोसलेको प्रेम जीवन कहिल्यै सुमधुर रहेन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशा भोसले ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भइन्।
  • आशाले १६ वर्षको उमेरमा गणपतराव भोसलेसँग विवाह गरिन्, जसले परिवारमा कलह निम्त्यायो।
  • विवाह विच्छेदपछि आशाले आरडी बर्मनसँग १९८० मा विवाह गरिन् र १४ भन्दा बढी भाषामा गीत गाएकी छिन्।

किशोरी अवस्थामै विवाह, हृदयविदारक मोड र पुनरागमन जस्ता अनेक उतारचढावले भरिएको थियो आशा भोसलेको व्यक्तिगत जीवन । सर्सर्ती हेर्दा उनको कालजयी आवाजका पछाडि प्रेम, विद्रोह, पीडा र शक्तिले भरिएको एउटा फिल्मी कथा नै पाइन्छ ।

आज उनै भोसले ९२ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि विदा भइन् । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनी अस्पतालबाट फर्कन सकिनन् ।

भलै उनले संसार छाडेता पनि उनले संगीत क्षेत्रलाई दिएको योगदान सदा अतुलनीय रहिरहने छ । हामी नेपालीहरूले उनलाई सम्झिनुमा पनि विशेष कारण छ । हामीले पटक-पटक सुन्दै आएका धेरै कालजायी गीतमा उनले स्वर भेरेकी छिन् ।

१६ वर्षकै उमेरमा विवाह

आशा भोसले कहिल्यै पनि नियमहरूमा बाँधिन चाहने व्यक्ति थिइनन् । किशोरी अवस्थादेखि नै उनी आफ्नै निर्णय लिन रुचाउँथिन् । आफ्नो यही स्वभावकै कारण हुन सक्छ, १६ वर्षकै उमेरमा उनले गणपतराव भोसलेसँग विवाह गरिन्, जो उनीभन्दा धेरै जेठा थिए । त्यस समयमा गणपतराव ३१ वर्षका थिए । र, उनी आशाकी दिदी लता मङ्गेशकरको सचिवका रूपमा काम गर्थे ।

लताको घरमा भइरहने आवतजावतले आशा र गणपतरावलाई नजिक ल्यायो । त्यसो हुनाले उनीहरूबीच प्रेम भयो र त्यो सम्बन्ध चाँडै नै विवाहमा परिणत भयो । तर, उनीहरूको उक्त निर्णयमा परिवारले साथ दिएन ।

पारिवारिक कलह

गणपतरावसँगको विवाहलाई दिदी लता मङ्गेशकरले नै स्वीकार गर्नै सकिनन् । धेरै पछि आशाले यो कुरा खुलस्त पारेकी थिइन् । उनका अनुसार विवाह पछि दुई दिदीबहिनीबीच सम्बन्धमा ठूलो दरार आयो । यतिसम्म कि उनीहरूबीच लामो समय बोलचाल समेत भएन । यसरी विवाहकै पारिवारमा कलह निम्तियो । आशाले आफ्नो परिवार छोडेर एक्लै नयाँ जीवन सुरु गर्नु पर्यो ।

विवाहले दिएको पीडा

आशा र गणपतरावका तीन सन्तान भए । तर, उनीहरू सदा सम्बन्धमा रहिरहन सकेनन् । समयसँगै उनीहरूको सम्बन्धमा ‍तित्तता आयो । अन्ततः उनीहरू अलग हुन पुगे । त्यसले आशालाई विक्षिप्त बनायो । तर केही नयाँ सुरुवात गर्ने अवसर पनि बन्यो यो ।

आर.डी. बर्मनसँग प्रेम

गणपतरावसँग सम्बन्ध-विच्छेद पछि आशाले फेरि प्रेम पाइन् । यस पटक संगीतकार आरडी बर्मनसँग उनको प्रेम बस्यो । उनीहरूको सम्बन्ध संगीतको माध्यमबाट प्रगाढ बनेको थियो । तर यस पटक पनि सम्बन्धमा चुनौतीहरू थिए । आरडी बर्मन विवाहित थिए । विभिन्न अवरोधका बीच उनीहरूले सन् १९८० मा विवाह गरे । आरडी बर्मनभन्दा आशा ६ वर्ष जेठी थिइन् ।

तउनीहरूको वैवाहिक जीवनमा पनि पछि मतभेदहरू आए । यद्यपि आशा र आरडी बर्मन भावनात्मक रूपमा टाढा भएनन् । सांगीतिक साझेदारी गर्दै गरिरहे । त्यसता सिर्जना गरेका कतिपय गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।

१४ भन्दा बढी भाषामा गीत

आशामा अचम्मको क्षमता थियो । उनले मराठी फिल्मका लागि गीत गाएर करियर सुरु गरिन् । जीवनकालभर १४ भन्दा बढी भाषामा गीतहरू गाइन् । उनले नेपालीसहित हिन्दी, उर्दू, तेलगू, बङ्गाली, गुजराती, पञ्जाबी, तमिल, रसियन, मलय, अङ्ग्रेजी लगायतका भाषामा गीत गाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?